यतिबेला भेनेजुयलाको बारेेमा नेकपा भित्र खासगरी अध्यक्षद्वय बीच लुकामारी चलेको छ। यस सन्दर्भमा प्रधानमन्त्रीले प्रचण्डको भनाइमा घुमाउरो भाषामा आपत्ति जनाएका छन। तर अर्का अध्यक्ष प्रचण्डले सबै पार्टी सचिवालय बैठक बसेर भेनेजुयलाको हस्तक्षेपको बिरोधमा नै वक्तव्य जारी भएकाले हाल पार्टी भित्र अनावाश्यक भ्रम फैलाईयो त्यसले कुनै तुक नराख्ने बताए । यसरी बुज्दा प्रचण्डपक्ष पार्टी भित्र बलियो भएको देखिन्छ ।

चितवनको भरतपुर पुगेका नेकपाको अध्यक्ष प्रचण्डले सञ्चाकर्मीहरुसँग भने नेकपा भित्रका सबै संगठनका एकता प्रक्रिया ढिलो भएको साँचो भएको र कार्यदलबाट रिपोर्ट लिने र छिट्टै सबै टुङ्ग्याएर अभियानमा जाने तयारीमा रहेको बताए । उनले पत्रकार संग कुरा गर्दै फागुन र चैतको अभियान जसरी पनि पुरा गर्ने जानकारी दिए ।

‘सरकारको तर्फबाट दिनप्रतिदिन जनताको पक्षमा कार्यक्रमहरु घोषणा भएका छन् । विकास निर्माणका काममा गति पक्रिन थालेको छ ।’

अध्यक्षले भने, ‘नेपालमा शान्ति प्रक्रियाको बाँकी कामलाई अगाडि बढाउन कुनै समस्या नै छैन ।