Latest News
/विप्लव माओवादीको हड्तालले आज देशभरका स्कुल बन्द

विप्लव माओवादीको हड्तालले आज देशभरका स्कुल बन्द

पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्माका छोरा नरेन्द्र विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको विरोधमा अखिल क्रान्तिकारीले स्कुल र कलेज बन्द आह्वान गरेको छ।विप्लव माओवादीको भातृ संगठन अखिल क्रान्तिकारीले गरेको शैक्षिक हड्तालका कारण देशभरका झण्डै ७५ हजार विद्यार्थी प्रभावित भएका छन् ।

गएको माघ १७ गते अखिल क्रान्तिकारीका केन्द्रीय कोषाध्यक्ष नरेन्द्र विश्वकर्मालगायतका विद्यार्थी नेतालाई प्रहरीले पक्राउ गरेको विरोधमा शैक्षिक संस्था वन्दको आव्हान गरिएको अखिल क्रान्तिकारीले जनाएको छ।झापाको दमकमा अखिल क्रान्तिकारीको कार्यक्रममा मन्तव्य सकेर काठमाडौं जाने क्रममा प्रहरीले विद्यार्थी नेता विश्वकर्माले विराटनगर एयरपोर्टबाट पक्राउ गरेको थियो।प्रहरीले उनीमाथि हातहतियार खरखजना शीर्षकमा मुद्दा लगाएको छ।

Leave a reply

Your email address will not be published. Required fields are marked *

Share
Share