सिप्रदी ट्रेडिङले टाटाको नयाँ विंगर मिनीबसको बिक्री सुरु गरेको छ । कम्पनीले गत शुक्रबारबाट काठमाडौं, इटहरी र बुटवलमा बिक्री सुरु गरेको हो । यो मिनीबस ५४५८ मिमी लामो र १५ इन्चको ह्विल क्याप भएको टायरसहित आउने कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार १९०० मिमी र ६.३ इन्चको आन्तरिक उचाइँले यात्रुहरूको चाललाई सजिलो बनाउन मदत गर्दछ । लामो दूरीको यात्राका लागि विंगरले ६०० लिटरको पर्याप्त लगेज स्थान उपलब्ध गराउँछ ।

बसमा आरामदायी पछाडि धकेल्ने सिटहरू, व्यक्तिगत वातानुकुलीत भेन्टहरू, हरेक सीटमा युएसबी चार्जिङ प्वाइन्ट रहेको कम्पनीले जनायो।
कम्पनीका अनुसार अधिकतम कार्यसम्पादन र इन्धनको किफायतीका लागि, विंगर मिनीबसमा टाटा मोटर्सको २.२ लिटरको डाइकर इन्जिन छ जसले १०० हर्सपावरको शक्ति र १९० एनएमको फ्ल्याट टर्क दिन्छ र कम आरपीएममा पनि धेरै तान्न् शक्ति सुनिश्चित गर्छ । १५ सीट भएको यो सवारी साधनमा अगाडि स्वतन्त्र एमसी फेर्सन स्ट्रुट सस्पेन्सन सिस्टम भएकाले गतिशीलता र उच्चतम आराम प्रदान गर्छ।

यो बसको मूल्य ३० लाख ८० हजार रुपैयाँबाट सुरु हुने कम्पनीले जनाएको छ।