/चेतन सापकोटा र प्रचण्डकी नातिनीले ल्याए ‘मारुनी गीत’ (भिडियोसहित)

चेतन सापकोटा र प्रचण्डकी नातिनीले ल्याए ‘मारुनी गीत’ (भिडियोसहित)

काठमाडौं । चर्चित संगीतकार तथा गायक चेतन सापकोटा र नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’की नातिनी स्मिता दाहालको ‘मारुनी गीत’ सार्वजनिक भएको छ ।

उक्त गीतमा संगित तथा स्वर चेतन सापकोटा र स्मिता दाहालको रहेको छ ।  बिष्णु प्रसाद घिमिरेको शब्द रहेको यस गीतको सम्पादन भने टेकेन्द« शाहले गरेका छन् । उक्त भिडियोको छायांकन  राम केसीले गरेका छन् भने निर्देशन शिशिर खातीले गरेका छन् । यस गीतको म्युजिक भिडियोमा स्वयं चेतन सापकोटा, प्रियंका भण्डारी, कमल श्रेष्ठ, बिष्णु, मेलिना र चितवनका थारु कलाकाहरुको नृत्य गरेका छन् । गीतमा थारू समुदायमा माघी मेलाकाे बेलामा गरिने रमाइलाे पक्षहरूलाइ देखाउन खाेजिएकाे छ ।