/अमेरिकी राजदुत र ओलिबीच वान टु वान बार्ता प्रधानमन्त्रीले के भने ?

अमेरिकी राजदुत र ओलिबीच वान टु वान बार्ता प्रधानमन्त्रीले के भने ?

भेनेजुयला प्रकरणमा नेपालले निकालेकाे बक्तब्यबाट रिसाएका अमेरिकी राजदुतसंग प्रधानमन्त्री केपी ओलीले भेट गरेका छन। प्रधानमन्त्री केपी ओलीले अमेरिकी राजदुत रयान्डी बेरीसंग नेपालकाे वारेमा गलत धारणा नवनाउन आग्रह गरेका छन।बाहिर साम्राज्यवादकाे विराेध गरेर चर्चा कमाइरहेकाे नेकपा र उसकाे नेतृत्वमा बनेकाे सरकार भित्र भने राजदुतलाइ भेटेर बक्तब्यकाे वारेमा प्रष्ट पार्ने काेशिश गरेकाे छ।

प्रधानमन्त्री ओली र वेरी विच वालुवाटारमा वान टु वान भेट भएकाे हाे। 

दक्षिण अमेरिकी मुलुक भेनेजुयलाकाे सन्दर्भमा नेपालले दिएकाे अभिब्यक्तिलाइ लिएर अमेरिकाले नेपालकाे धारणा मागेपछि सरकार अप्ठयाराेमा परेकाे हाे।यहि वेला भेटेर प्रधानमन्त्रीलाइ वुझाउने काेशिश गरेका छन।

यता अमेरिकाले भने न्युयार्कमा रहेका नेपाली राजदुतसंग स्पष्टीकरण साेधेकाे छ भने यता राजदुत वेरी परराष्ट्रमन्त्री ज्ञवालीले डाकेकाे वैठकमा सहभागी नै भएनन।यसैकारण प्रधानमन्त्री ओलीले उनीसंग एक्लै भेटेका हुन।भेटमा मार्चमा नेपालले गर्न लागेकाे लगानी सम्मेलनकाे वारेमा पनि कुरा भएकाे बताइएकाे छ तर खासमा अमेरिकाले नेपालकाे सन्दर्भमा बनाएकाे पछिल्लाे धारणाकाे वारेमा प्रष्ट पार्न नै प्रधानमन्त्री केन्द्रित रहेकाे बताइएकाे छ।