मित्र प्र. पाण्डे /सातौँ सि.एस.आइ.टी क्रिकेट प्रतियोगिता यही फाल्गुन १५ देखि २५ सम्म पुल्चोक मैदानमा हुन गइरहेको छ । तेस प्रतियोगिता कस्ले मार्ल त बाजि भन्य कुरा हेर्न बाकी नै छ ।सगरमाथा कलेज अफ साइन्स एन्ड टेक्नोलोजीको र सगरमाथा स्टुडेन्ट वेल्फेयर काउन्सिलले सयौक्त रूपमा उक्त प्रतियोगिता आयोजना गर्न गइरहेको हो । प्रतियोगिता पुलचोक मैदानमा हुँदै छ ।

सी.एस.आइ.टी इतिहासमा अहिले हुन गइरहेको प्रतियोगिता सातौँ हो । प्रतियोगिताको प्रथम राशि रु ५०,०००, ट्रफी, मेडल र प्रमाणपत्र रहेको छ त्यस्तै द्दितिय राशि रु ३०,०००, ट्रफी, मेडल र प्रमाणपत्र रहेको छ । त्यस्तै प्रत्येक प्रतियोगितामा म्यान अफ द म्याचको लागि ट्रफीको व्यवस्था गरिएको छ भने म्यान अफ द टुर्नामेन्टको लागि ट्रफी र प्रमाणपत्रको व्यवस्था गरिएको छ ।

प्रतियोगीको दर्ता शुल्क भने २५,००० रहेको छ । प्रत्येक कलेजबाट एउटा भन्दा बढी टिम पनि लैजान मिल्ने छ भने प्रतियोगितामा सहभागी हुन आफ्नो कलेज आइ.ओ.एस.टि सी.एस.आइ.टीमा सम्बन्धन प्राप्त गरेको हुनु पर्नेछ । उपत्यका बाहिर बाट पनि प्रतियोगितामा सहभागी हुन पाइनेछ ।तेस्को जान्कारी सगरमाथा कलेज मा अध्यनरत नारायण घिमिरे ले जनाउनु भयको छ।

प्रतियोगीभर अनलाइन मिडिया पार्टनरको रुपमा अग्निज्वाला खबर रहनेछ