सोनाम लोसार भनेर ह्योल्मो र तामाङ्ग जातिले मनाउने गर्दछन् । यो माघे संक्रान्तिको छेउछाउमा पर्छ। घर-आँगन लिपपोत गरी, नुहाइधुवाई चोखो भएर पूजा गर्दै यो पर्व मनाउने गरिन्छ ।

सक्नेले लामा पुरोहितबाट, नसक्नेले घरकै मुलीबाट पूजापाठ गर्ने गरिन्छ। गहुँको पीठो आकाशतर्फ उडाएर देवताको विजय र भुतप्रेतको पराजय होस् भनेर कामना गरिन्छ । मान्यजनबाट आशीर्वाद लिँदै बाबरी रोटी, फूलौरा, कन्दमूल आदि खाँदै रमाइलो गरिन्छ।

तामाङ समुदायले आफ्नो एक बर्षमा एक चोटी आउने महान चाड सोनाम लोसर भव्यताकासाथ मनाउने गर्दछ्न। उनीहरुले आफ्नो समुदायको पोसाकमा सजिएर निकै राम्रो र राम्री बनेर आजको दिन हिड्ने गर्दर्छ्न ।

उनीहरुले यो चाडलाई शहर शहरमा मात्र सिमित रहेको भन्दै अब देशभरका हरेक गाउँ गाउँमा मनाउने गरेको छ्न ।