/काठमाण्डाैंमा पानीकाे सतह तल गयो,जमिन भासिने खतरा !

काठमाण्डाैंमा पानीकाे सतह तल गयो,जमिन भासिने खतरा !

काठमाण्डाैं उपत्यका भुकम्पकाे अति जाेखिम युक्त स्थान हाे भन्ने कुरा वैज्ञानिकले वारम्वार भनेकै छन । यसमाथि अब अर्काे खतरा पनि आएको भुगर्भविदले संकेत गरेका छन।उपत्यकामा पिउने पानीकाे अत्यधिक संकट परेपछि लामाे समय देखि जमिनमुनिबाट वाेरिङ गरेर पानी निकाल्न थालिएकाे छ।तर,यसरी पानी निकाल्दा जमिनकाे सतह भने भासिन थालेकाे छ।

विज्ञकाहरूका अनुसार उपत्यकामा मात्र यस्ता वाेरिङ ७९० भन्दा बढी रहेका छन।यहि वाेरिङका कारण अहिले जमिनकाे सतह नै तल झरेकाे छ। जमिन मुनिकाे  पानीकाे सतह १० मिटर गहिराइबाट तल झरेर अहिले ४० मिटर गहिराइमा पुगेकाे छ।यसैगरि भुमिगत पानीकाे गहिराइ तल झरिरहने हाे भने काठमाण्डाैं उपत्यका सुख्खा खाल्डाेमा परिणत हुनेछ।

विज्ञहरूले पानीकाे सतह फेरि माथि ल्याउनकाे लागि घरवरिपरि सिमेन्ट र ढलानकाे कम प्रयाेग गर्ने,बर्षामा छतबाट आउने पानी जमिनमा दस फिट गहिराे पाइपबाट तल जमिनमा जाने ब्यवस्था गर्ने हाे भने पानी रिचार्ज हुन सक्नेछ।तर,यसाे नगरेमा पानीकाे सतह कम हुनेछ।साथै,काठमाण्डाैं उपत्यकामा सय वटा भन्दा बढी ठुला पाेखरी निर्माण गरिनुपर्ने पनि विज्ञले सुझाव दिएका छन।