काठमाडौं । म्यानचेस्टर सिटी एफए कप फुटबलको पाँचौ चरणमा प्रवेश गरेको छ ।

शनिबार भएको चौथो चरणको खेलमा बर्नेलीलाई ५–० को फराकिलो अन्तरले पराजित गर्दै म्यान्चेस्टर सिटी एफए कपको पाँचौ चरणमा पुगेको हो ।बर्नेलीमाथि जित हात दिलाउने क्रममा सिटीका लागि ग्राबियल जिसस, बर्नार्डो सिल्भा, केभिन डी ब्रुएन र सर्जियो अग्युरोले गोल गरे । बर्नेलीका केभिन लङले आत्मघाती गोल गरेपछि सिटीले एक गोल भने उपहार स्वरुप पाएको थियो ।

आफ्नै घरेलु मैदानमा बर्नेलीमाथि खेल अवधिभर सिटीले बल निययन्त्रणमा राखेको थियो । २३ औं मिनेटमा जिससले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा १–० गोलअन्तरले अघि रहेको सिटीले दोस्रो हाफमा भने गोलको वर्षा नै गर्यो ।

सिल्भाले खेलको ५२ औं मिनेटमा गोल गर्दै सिटीलाई दोब्बर अग्रता दिलाएका थिए । त्यस्तै, सिटीको जितमा ६१ औं मिनेटमा ब्रुएनले गोल गर्दा खेलको ७३औं मिनेटमा भने बर्नेलीले आत्माघाती गोल गर्न पुग्यो ।