इलाम । स्वास्थ्य सुधारका विभिन्न माग राख्दै १६ औं पटक आमरण अनसन बसेका डा. गोविन्द केसीविरुद्ध अर्को अनसन सुरु भएको छ ।डा. केसीको स्वास्थ्य कमजोर र रक्तचाप बढेर गएको बेला खोटाङ घर भएका एक सामाजिक अगुवा अनसन बसेका छन् । इलाम पुगेर आमरण अनसन बसेका डा. केसीविरुद्ध खोटाङका विजय थापाले पनि इलामकै चौक बजारको लाकुरी चौतारीमा शुक्रबारबाट आमरण अनसन शुरु गरेका छन ।

डा. केसीले संसदीय समितिबाट पारित चिकित्सा शिक्षा विधेयकको विरोध गरेका छन् भने थापाले उक्त विधयेक पारित गर्दै कार्यान्वयन गर्नुपर्ने माग राखेका छन् ।

उनी गत बैशाखमा सरकारले गाँसबास कपाससहित निःशुल्क स्वास्थ्यशिक्षा उपलब्ध गराउनुपर्ने माग राखेर काठमाडौंमा ५३ दिन अनसन बसेका थिए । पुस २५ गते शिक्षा तथा स्वास्थ्य समितिले पारित गरेको चिकित्सा शिक्षा विधेयक नेपालीहरूका लागि उत्तम रहेको जनाउँदै थापाले निःशुल्क स्वास्थ्य, शिक्षा, रोजगारका निम्ति संयुक्त संघर्ष समितिको नाममा आफू अनशन बसेको बताउँछन् । उनले त्योसँगै नौ बुँदे माग राखेका छन् । यस कुरोलाइ राजनीतिक तरिकाले ब्याख्या गर्नेहरु धेरै छन ।