तपाईहरु लाई थाहा नहुन सक्छ हामीले घरमा खाना पकाउदा प्रयोग गर्ने जीरा पनि मानिसको बिभिन्न रोगको घरेलु औघधीको रुपमा प्रगोग गर्न सहिन्छ । यदि हामीले जीरासंग सक्खर पानीमा मिसाएर खाँदा यस्ले बिभिन्न खालका रोगहरु बाट बचाउछ । दुई कप पानीमा एक चम्चा फुटाएको सक्खर र एक चम्चा जीरा मिसाएर उमालेर दैनिक एक कप बिहान खाली पेटमा पिउँदा छिट्टो फाइदा पुग्छ । यस्ता छन ति फाईदाहरु

१. टाउको दुखेको
यदि तपाईलाई टाउको दुखेको छ भने सक्खर र जीरायुक्त पानी पिउँदा अवश्य लाभ पाइन्छ । ज्वरो आएको अवस्थामा पनि यो मिश्रणले त्यसबाट छुटकारा दिलाउँछ ।

२. रोगप्रतिरोधक क्षमता
जीरा र सक्खर प्राकृतिक गुणहरूले भरिएका हुन्छन् । यिनीहरूले शरीरभित्रको फोहोर सफा गरेर रोगप्रतिरोधक क्षमतालाई बलियो बनाउँछन् ।

३. रक्ताल्पता
सक्खर र जीरा हालेको पानी पिउँदा शरीरमा रक्ताल्पताको समस्या हट्छ । यसले रगतमा भएका अशुद्धिहरूलाई पनि हटाउँछ ।

४. पेट रोग
कब्जियत, ग्यास, पेट फुल्ने र पेट दुख्ने लगायतका समस्या छ भने सक्खर र जीरा भएको पानी पिउँदा फाइदा हुन्छ । बिस्तारै यी रोग हराउँछन् ।

५. कम्मर दुख्दा
ढाड वा कम्मरको पीडा हुँदा सक्खर र जीरा भएको पानी पिउँदा समस्याबाट मुक्ति पाइन्छ ।

६. रजस्वला
रजस्वला अनियमित भएमा र पेटमा पीडा जस्ता समस्या आएमा यस्तो पानी पिउँदा आराम पुग्छ ।