/पृथ्वी जयन्तीमा राष्ट्रपति आइन तर प्रधानमन्त्री आएनन

पृथ्वी जयन्तीमा राष्ट्रपति आइन तर प्रधानमन्त्री आएनन

राष्ट्रिय एकता दिवस तथा बडामहाराजाधिराज पृथ्वीनारायण शाहकाे जन्म दिवसकाे दिन सिहदरवार अगाडि रहेकेा शालिकमा भब्य कार्यक्रम गरियाे।स्वयम राष्ट्रपति विधादेवी भण्डारी साे समाराेहमा आइन।उनले पृथ्वीनारायण शाहकाे शालिकमा मार्ल्यापण गरिन ।साेही समाराेहमा सेनाले सलामी पनि दियाे।प्रज्ञाभवनबाट निस्किएकाे जुलस सिहदरवारसम्म आइपुगेकाे थियाे।यस समाराेहमा उपप्रधानमन्त्री इश्वर पाेखरेल,सञ्चार मन्त्री गाेकुल वास्काेटा लगायत मन्त्रीहरू पनि पुगेका थिए।तर यति महत्वपुर्ण समाराेहमा स्वयम प्रधानमन्त्री केपी वली भने सहभागी नै भएनन।

२०६८सालमा डा बाबुराम भटटराइ प्रधानमन्त्री भएपछि एकै पटक राष्ट्रिय एकता दिवस र पृथ्वी जयन्ती राज्यस्तरबाट मनाउने चलन राेकिएकाे थियाे।यसपछि सार्वजनिक विदा पनि कटाैती गरियाे।आज सरकारले पृथ्वी दिवस मनाएपनि सार्वजनिक विदा भने दिएन।

राजनीति पार्टीमा भने पृथ्वी जयन्ती सवै खालका राप्रपाले  मनाएका छन।