/सुरक्षित र सरल बैंकिङ्ग कारोबार गर्न प्रभू बैंकद्वारा मास्टरकार्ड संचालनमा

सुरक्षित र सरल बैंकिङ्ग कारोबार गर्न प्रभू बैंकद्वारा मास्टरकार्ड संचालनमा

डिजिटल पेमेन्ट क्षेत्रमा ख्यातिप्राप्त अन्तर्राष्ट्रियस्तरको कार्ड कम्पनी मास्टरकार्ड र नेपालस्थित प्रभु बैंक लिमीटेडको साझेदारीमा इएमभी चिपमा आधारि कार्ड संचालनमा ल्याइएको हो ।कार्डको औपचारिक शुभारम्भ समारोह प्रभु बैंक लिमीटेडका सञ्चालक समितिका अध्यक्ष देविप्रकाश भट्टचनको अध्यक्षतामा भएको थियो ।

 उक्त अवसरमा मास्टर कार्ड दक्षिण एशिया डिभिजन प्रमुख पोरुस सिंहले प्रभु बैंकसँगको साझेदारीमा नेपालमा इएमभी चिपमा आधारित मास्टरकार्ड सेवा विस्तार गर्न पाएकोमा खुशी व्यक्त गरेका थिए ।

समारोहमा प्रभू बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेचरनले बैंकले मास्टरकार्डसँगको साझेदारीमा यो कार्ड सेवा सञ्चालनमा ल्याएको तथा यस कार्डबाट बैंकका ग्राहकहरुले सुरक्षित र सरल तरिकाबाट बैंकिङ्ग कारोबार गर्न सक्ने बताए ।