/प्रधानसेनापति थापाको छ दिने भारत भ्रमण

प्रधानसेनापति थापाको छ दिने भारत भ्रमण

काठमाडौँ। प्रधानसेनापति पूर्णचन्द्र थापा आज छ दिने भारत भ्रमणकोलागि भारत प्रस्थान गरेका छन् । भारतीय सेनाध्यक्ष जनरल विपिन रावतको औपचारिक निमन्त्रणामा थापा विहान ८ः१७ बजे भारत प्रस्थान गरेका हुन् ।

प्रधानसेनापतिको नियुक्तिपश्चात्को थापाको यो पहिलो विदेश भ्रमण हो । भ्रमणको क्रममा प्रधानसेनापति थापाले भारतीय सेनाध्यक्ष जनरल रावतसँग भेटघाट गर्नेछन् ।

भ्रमणको क्रममा प्रधानसेनापति थापालाई भारतीय राष्ट्रपति रामनाथ कोविन्दले भारतीयस्थल सेनाको मानार्थ महारथी दर्जाको दज्र्यानी चिह्नबाट पुस २८ गते सम्मान गर्नुहुने कार्यक्रम रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले आज यहाँ जनाएको छ ।

दुवै देशका सेना प्रमुखलाई कदरस्वरुप मानार्थ महारथी दिने ऐतिहासिक प्रचलन रहिआएको छ । प्रधानसेनापति थापाले भारतीय रक्षामन्त्री, राष्ट्रिय सुरक्षा सल्लाहकारलगायत उच्चपदस्थ पदाधिकारीसँग भेटघाट गर्नुहुने कार्यक्रम रहेको छ