सरकारले निर्मला पन्तकाे परिवारलाइ राहत रकम दिने भनेपछि यसले विवाद ल्याएकोछ।।६ महिना देखि अनशन र आन्दाेलन गरिरहेकेा पन्त परिवारलाइ संघ देखि प्रदेश गरि तीनै तहकाे सरकारले राहत रकम दिने घाेषणा गरेपछि नया तनाव सुरू भएकाे हाे । सरकारले उनीहरूलाइ १८ लाख रूपैया राहत रकम दिन लागेकाे हाे तर याे रकम लिने कि नलिने भनेर विवाद सुरू भएकाे छ।निर्मलाकी आमा दुर्गादेवी पन्त रकम लिनेपक्षमा छिन भने उनका वुवा यज्ञराज पन्त र कान्छी आमा लक्ष्मी पन्त भने राहत रकम नलिने पक्षमा छिन।यहि विवाद अहिले चुलिएकाे छ।

निर्मलाकी आमा दुर्गाले आन्दाेलनबाट थाकेकाे भन्दै रकम लिनु पर्ने मत राखेकी छिन। तर यज्ञराज र लक्षमी भने रकम नलिने भन्दै अनशनमा नै बसिरहेका छन।

तर दुर्गा देवी भने राहत रकम लिउ भन्दा आफुलाइ हातपात भएकाे समेत बताउछिन।उनले आफुलाइ यज्ञराज अर्थात पतिले हातपातले गरेकाे बताउछिन।