/एन आई सी एशिया बैंक र वल्ड रेमिट बिच सम्झौता, ५० देश बाट पैसा पठाउन सकिने।

एन आई सी एशिया बैंक र वल्ड रेमिट बिच सम्झौता, ५० देश बाट पैसा पठाउन सकिने।

काठमाडौ । एन आई सी एशिया बैंके र वल्ड रेमिट विच रेमिट सम्झौता भएको छ ।  सम्झौता अनुसार वल्र्ड रेमिट मार्फत कतार, साउदी अरब, दुवई, कुवेत, जापान, क्यानडा, अस्ट्रेलिया, न्युजिल्याण्ड, युके, अमेरिका र युरोप लगायत ५० वटा भन्दा बढी देशमा रहेका नेपालीहरुले पैसा पठाउन सक्नेछन । उक्त पैसा बैंकका मुलुकभर फैलिएका २७० वटा शाखा कार्यालयहरु तथा ६,७०० भन्दा बढी सहायक प्रतिनिधिहरु मार्फत सरल र सुलभ रुपमा भुक्तानी पाउन सक्नेछन ।आफ्नो मोवाइलमार्फत परिवार तथा साथीहरुलाई तुरुन्त भुक्तानी पाउने गरी पैसा पठाउन सक्नेछन । यो सेवाले ग्राहकमहानुभावहरुको समय तथा पैसाको बचत हुनेछ ।