प्रधानमन्त्रीको गृह जिल्ला रहेको झापाको कचनकवल गाँउपालिकाले पौष २७ गते  भोली पृथ्वी जयन्तीलाई राष्ट्रिय एकता दिवसको रूपमा मनाउने निर्णय सहित गाँउपालिका भित्र सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

राष्ट्र निर्मताको रुपमा रहेका पृथ्वीनारायण शाहको सम्झनामा मनाइने पृथ्वीजयन्तीको दिन रष्ट्रिय स्तरमा समेत बिदा मागिरहेको अवस्थामा यहाँ गाँउपालिकाले बिदा दिएको हो ।विक्रम सम्वत् १७७९ मा आजकै दिन अर्थात् पौष २७ मा पिता राजा नरभुपाल शाह र माता कौशल्यावति देवीका प्रथम पुत्र पृथ्वी नारायण शाहले नै आधूनिक नेपालको खाका कोरेका हुन् ।

पृथ्वी नारायण शाहका सालिकहरु नेपालका धेरै शहरहरु अनि चोकहरुमा छन् ।

प्रायः चोर औंला माथी उठाएर उभिएका स्वरूपमा देखिने यीनको सालिक तथा तस्बिरले नेपालीजनलाई सदैव एकताको शिक्षा दिई रहेको छ, दिइरहने छ ।