अग्रता जोगाउन नसक्दा पीएसजी क्वाटरफाइनलबाटै बाहिरियो

घरेलु मैदानमा सुरुवाती अग्रता जोगाउन नसक्दा पीएसजी प्रतियोगिताबाट बाहिरिएको हो । गुइनगाम्पलाई जित दिलाउन यनी एन’गाबकोटा र मार्कुस थुरामले एक एक गोल गरे । पीएसजीका नेमयारले एक गोल गरे । खेलमा सुरुवाती अग्रता पीएसजीले बनाएको थियो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ६३ औं मिनेटमा नेयमारले गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए । तर, त्यसपछि पाहुना टोली गुइनगाम्पले दुई पेनाल्टी पायो ।

खेलको ८१ औं मिनेटमा गुइनगाम्पका एन’गाबकोटाले पेनाल्टीमा गोल गर्दै खेल १ ( १ को बराबरीमा ल्याए । त्यसपछि खेलको ९० औं मिनेटमा थुरामले पेनाल्टीमा गोल गर्दै गुइनगाम्पलाई २ – १ को जितसहित सेमिफाइनलको यात्रा तय गराए । पीएसजी प्रतियोगिताबाट बाहिरिदा मोनाकोले भने सेमिफाइनलमा स्थान पक्का गरेका छन् । थिएरी हेनरीको मोनाकोले रेनसलाई पेनाल्टी सुटआउटमा ८ – ७ गोल अन्तरले हराएर सेमिफाइनलमा स्थान पक्का गरेको हो । खेलको निर्धा्रित समय १(१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×