/प्रधानमन्त्रीलाई काङ्ग्रेसको प्रश्न , हिजोको सहमतिमा फर्कने कि देशब्यापी प्रदर्शन पर्खने ?

प्रधानमन्त्रीलाई काङ्ग्रेसको प्रश्न , हिजोको सहमतिमा फर्कने कि देशब्यापी प्रदर्शन पर्खने ?

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी वली प्रति तीन वटा प्रश्न सोझेएका छन। वली र शर्मा एउटै जिल्ला बासी नेता हुन।तर डा गाेविन्द केसीसंग भएकाे सहमति विपरित संसदकाे शिक्षा समितिले बहुमतकाे बलमा चिकित्सा शिक्षा विध्येक पास गरेपछि शर्माले प्रधानमन्त्री ओलीलाइ प्रश्न गरेका हुन।१५ पटककाे अनशनमा २८ दिनसम्म डा केसी अनशन बसेपछि सहमति भएकाे थियाे।सहमति गर्ने प्रधानमन्त्री ओलीकाे टिम नै हाे।तर,सहमति भएकाे केही महिनापछि समितिबाट विध्येक पास गर्ने बेलामा भने सरकारले डा केसीसंगकाे सहमति उल्लंघन गरेकाे छ।

यहि प्रकरणपछि प्रवक्ता शर्माले प्रधानमन्त्री ओलीलाइ तिन प्रश्न साेधेका छन।उनले यसरी क्रमश प्रश्न राखेर प्रधानमन्त्रीबाट उत्तरकाे अपेक्षा पनि गरेका छन।उनका प्रश्न यस्ता छन।

१,आफ्नै अग्रसरतामा भएको सहमति उल्ट्याउने को छ नेपथ्यमा शक्तिसाली ? २,आजको विमतीलाई सहि भन्ने कि हिजोको सहमतिलाई ?

३,अबको समाधान ; हिजोको सहमतिमा तत्काल फर्कने कि देशब्यापी प्रदर्शन पर्खने ?