/जनप्रतिनिधिले विप्लव पार्टीको नाममा फर्जी चेक काटी भ्रष्टाचार गरेको खुलासा

जनप्रतिनिधिले विप्लव पार्टीको नाममा फर्जी चेक काटी भ्रष्टाचार गरेको खुलासा

देसै भरी विप्लवको गतिविधिले जनप्रतिनिधिलाई राम्रै फाइदा गरेको कुरा प्रमाणित हुन आएकोछ। यसबीचमा विप्लवले  नेतृत्व गरेेको  नेकपा प्युठानले स्वर्गद्वारी नगरपालिकाका प्रमुख नेत्रबहादुर रोकायलाई आफ्नो पार्टीको नाममा बेनामी चेक काटी भ्रष्टाचार गरेको, उपभोक्ता समितिमा पार्टीका कार्यकर्ता तथा नेतालाई पदाधिकारी बनाई किर्ते बिल भरपाई मिलाई मोटो रकम अनियमितता गरेको, जनतामाथि अनावश्यक कर थोपरेको भन्दै कालोमोसो दलेपछी यो कुरा खुलासा भएकोछ। प्युठान विप्लवको पार्टीद्धारा जारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।

संस्थागत रुपमा भ्रष्टाचार गरेको, प्राकृतिक स्रोत साधनमाथि नीति नियम विपरीत कमिशनको भरमा दोहन गर्न खोजेको र कर्मचारी पदपूर्तिमा विज्ञापन गरेको देखाई आफू निकट उम्मेद्वारलाई नियुक्त गरेको भन्दै कालोमोसो दलेको जानकारी प्राप्त छ । कालोमोसो दलेको बिसयमा मेयरले कुनै कुरा बोल्न चाहेनन् ।