मल्लकालिन राजा प्रताप मल्लले रानीकाे सम्झनामा तयार पारेकाे रानीपाेखरी भुकम्पमा परि ध्वस्त भएपछि पाेखरी सुकेकाे छ भने नयाँ  पाेखरी पनि बनेकाे छैन् ।यहि पाेखरी ३ बर्ष देखि नवन्दा आक्राेशित नेपाल विधार्थीसंघका युवाहरूले मंगलवार फुटवल खेलेका छन । प्रधानमन्त्री केपी ओलिले संसदमा देश विकास भइरहेकाे विवरण सहितकाे तथ्यांक पेश गरेकाे पछि प्रधानमन्त्रीलाइ ब्यग्य गर्न नेविसंघले फुटवल खेलेकाे हाे।उनीहरूले रानीपाेखरी फुटवल मैदानकाे रूपमा विकास भइसकेपनि यसलाइ सरकारले सदनमा पेश गर्न छुटाएकाे भन्दै ब्यग्य कसेका छन।विधार्थीहरूले पुरै ९० मिनेटसम्म फुटवल खेलेका थिए।