Latest News
/नेकपाको एकीकरण कार्यदलमा मन्त्रीले समय दिएनन , फुकेन प्रदेश कै गाँठो !

नेकपाको एकीकरण कार्यदलमा मन्त्रीले समय दिएनन , फुकेन प्रदेश कै गाँठो !

कार्यदलका सदस्य रामबहादुर थापा गृहमन्त्री छन् भने बर्षमान पुन उर्जामन्त्री हुन् । त्यसैगरी रघुवीर महासेठ भौतिक तथा यातायातमन्त्री छन् भने शंकर पोखरेल ५ नम्वर प्रदेशका मुख्यमन्त्री हुन् ।

यी चार मन्त्रीका कारण नेकपा कार्यदलको बैठकले दुई सातामा बित्दा पनि ठोस निर्णय लिन सकेको छैन । प्रदेशको नामावली हेरफेरमै सहमति नभएपछि जिल्ला, र जनवर्गीय संगठनको एकीकरण प्रस्तावमा छलफल नै भएको छैन । तर केन्द्रीय सदस्यहरुको जिम्मेवारी बाँडफाँडमा भने अनौपचारिक छलफल भइरहेको नेताहरुले बताएका छन् ।
कार्यदलले ठोस प्रस्ताव ल्याएपछि सचिवालय बैठकमा छलफल गरी स्थायी कमिटीबाट अन्तिम निर्णय लिने तयारी गरिएको छ । तर कार्यदलले पाएका चार मुख्य कार्यभार नै अलमलमा परेको छ ।

Leave a reply

Your email address will not be published. Required fields are marked *

Share
Share