/चौथो पटक शेख हसिना बंगलादेशको प्रधानमन्त्री, शपथ आज लिँदै

चौथो पटक शेख हसिना बंगलादेशको प्रधानमन्त्री, शपथ आज लिँदै

चौथो कार्यकालको लागि बंगलादेशको अवामी लिगकी अध्यक्ष शेख हसिनाले सोमबार प्रधानमन्त्रीका रूपमा पद तथा गोपनीयताको शपथ लिँदै छन् । गत डिसेम्बर ३० मा सम्पन्न निर्वाचनबाट उनको दलले संसदमा बहुमत हासिल गरेसँगै हसिना पुनः प्रधानमन्त्रीमा नियुक्त हुन लागेकी हुन् । यसअघि ७१ वर्षीया हसिना सन् २००९ देखि लगातार बंगलादेशको प्रधानमन्त्रीमा रहेकी छिन।

आज मन्त्रिपरिषदको बिस्तार हुनेे छ। जसमा ४७ जनाको संख्या मन्त्रिपरिषद सदस्य रहनेछन् । ती मन्त्रीहरूमा ३१ जना भने नयाँ अनुहारका मन्त्रीहरू हुने पनि प्राप्त समाचारमा जनाइएको छ ।

बंगलादेशका राष्ट्रपति अब्दुल हमिदले आजै अपराह्न प्रधानमन्त्री शेख हसिनालाई शपथ ख्वाउने जनाइएको छ ।

राष्ट्रपति अब्दुल हमिदले बहुमत प्राप्त पार्टीका अध्यक्ष शेख हसिनालाई सरकार गठन गर्न औपचारिक आमन्त्रण गरेका छन् ।