वाइडबडी भ्रष्टाचारमा ३८ भीआईपीलाई बर्खास्तको सिफारिस

लेखा समिति भीआईपीमा वहालवाला मन्त्री रविन्द्र अधिकारी, पूर्वमन्त्री जीवनबहादुर शाही र जितेन्द्र देवलाई छानविन गरी कारवाही गर्न निर्देशन दिएको छ भने बहालवाला पर्यटनमन्त्रालयका सचिवसहित ३८ कर्मचारीलाई निलम्बनको बाटो देखाएको छ ।
लेखा समितिलेको मुख्य दोषीमा बदनीयतपूर्वक पुरानो विमान खरिदको प्रक्रिया अगाडि बढाउने महाप्रवन्धक सुगतरत्न कंशाकारलाई ठहर गरेको छ । कानुन बमोजिम तत्काल निलम्बन गरी हदैसम्मको दण्डसजाय गर्न लेखा समितिले सरकार र अख्तियारलाई निर्देशन दिएको छ । पर्यटन सचिव कृष्णप्रसाद देवकोटा र पूर्वसचिव शंकर अधिकारीलाई पनि थप छानविन गरी कानुनी कारबाही अगाडि बढाउन निर्देशन दिइएको छ । पूर्वसचिव अधिकारीले  विमान खरिद प्रक्रिया अघि बढाई बोलपत्र स्वीकृत गरी ठूलो आर्थिक घोटाला गरेको र वहालवाला सचिव देवकोटाले नियम विपरित अन्तिम किस्ताका रकम भुक्तानी दिएको समितिले ठहर गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×