न्यायाधीशका मुख्य बिचौलिया को को हुन् ?

सर्वाेच्च अदालतले २९ प्रकारका बिचौलिया न्यायालयमा सक्रिय हुने गरेको तथ्यांक सार्वजनिक गरेको छ ।न्यायालयमा को हुन् बिचौलया ? ‘न्यायाधीशका भान्से, डाइभर, श्रीमति, छोराछोरी, नातागोता, कानुन ब्यवसायी, पूर्व कर्मचारी, राजनीतिक दलका नेता बिचौलियाको सूचिमा पर्दछन्’, पूर्वन्यायाधीशको अनुभव छ। आफ्नै श्रीमति र छोरा छोरी बिचौलिया बन्ने गरेपछि प्रधानन्यायाधीशहरु पराजित हुने गरेका छन । ‘एउटा न्यायाधीश न्यायसम्पादनबाट कसरी बिचलित हुन्छ ? त्यसको उहादरणहरु धेरै छन । कुनै अमुख मुद्दालाई प्रभाव पार्न बिचौलियाले तीन थरी राजनीतिक रंग खुलेका वकिलहरुलाई बहसमा उर्ताछन् । न्यायाधीश कांग्रेस निकट भए कांग्रेका कानुन ब्यवसायीलाई बहसमा उतारिन्त भने कम्युनिष्ट निकट न्यायाधीश भए कम्युनिष्ट रंगका वकिलहरु बहस गर्न इजलासमा पुग्छन् । उनीहरुले कानुनभन्दा राजनीतिक आवरणमा मुद्दा फैसला गराउन खोज्छन् । यस्तो अभ्यास केही बर्षदेखि विशेष गरी सर्वोच्च अदालतमा चल्दै आएको छ ।’ यो अनुभव हो सर्वाेच्च अदालतका पूर्वन्यायाधीशहरुको ।पछिल्लो समय जग्गा दलालहरु पनि बिचौलियका रुपमा परिभाषित भएका छन् । उनीहरुले पनि न्यायाधीशलाई प्रभावमा पारी आफ्नो पक्षमा मुद्दा फैसला गराउने गरेको पाइन्छ । दैनिक बिचौलियाको चंगुलमा न्यायालय पर्ने गरेपनि कुनै कदम चालिएको छैन । कारवाही नुहँदा बिचौलियाको मनोवल बढ्दै गएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×