/एनसेलको लगानीकर्ता आजियाटाले ५जी शुरु गर्दै, २ जीबीपिएसको स्पीड दिने

एनसेलको लगानीकर्ता आजियाटाले ५जी शुरु गर्दै, २ जीबीपिएसको स्पीड दिने

काठमाडौं । नेपाली टेलिकम कम्पनी एनसेल प्राइभेट लिमिटेडमा लगानी गरिरहेको मलेशियन टेल्को कम्पनी आजियाटाले दक्षिण एशियाली मुलुकहरु मै पहिलो फाइभ जी (5G) सेवा शुरु गर्ने भएको छ । तर यस्तो फाइभजी सेवा नेपालमा नभई दक्षिण एशियाली मुलुक श्रीलंकामा शुरु गर्न लागेको हो ।

हालै आएको रिपोर्टअनुसार आजियाटाको लगानी रहेको टेलिकम कम्पनी डाइलगले पूर्णरुपमा प्रयोगमा आउने र ५जी स्ट्याण्डर्डमा आधारित रहेर कमर्शीयल प्रयोगमा ल्याउसक्ने गरि सेवा निर्माण गर्ने घोषणा गरेको छ ।

डाइलगले प्रि कमर्शीयल ५जी प्रशारण श्रीलंकाको नियमनकारी निकाय टेलिकम्यूनिकेसन्स रेगूलेटरी कमिसन अफ श्रीलंका (Telecommunications Regulatory Commission of Sri Lanka (TRCSL) सँगको सहकार्यमा ल्याउन लागेको हो । जसअन्तरगत ३.५ गीगाहर्ज ब्याण्ड प्रि-कमर्शीलय ५जी सेवाहरुको लागि छुट्याईएको छ ।

डाइलगको पाइलट ५जी सेवाले जडान गरिएका बेस स्टेशनहरु र कमर्शीयल ५जी राउटरहरुमा २ गीगाबाइटस प्रति सेकेण्डको गति प्रदान गर्न सक्नेछ । फाइभजीमार्फत कम्पनीले वायरलेस डिभाइसहरु तथा एप्लिकेसनहरु जसमा भिडियो, गेमिंग र अटोमेशनका लागि आधार पृष्ठ तयार पार्ने रिपोर्टमा उल्लेख छ ।

आजियाटाको लगानी भएको एनसेलले नेपालमा भने फोरजी सेवा तिब्ररुपमा बिस्तार गरिरहेको छ ।