dipak_managetapaikokhabarपूर्व गुण्डा नाइके एवं गण्डकी प्रदेशका निर्वाचित सदस्य दिपक मनाङ्गे उर्फ राजिव गुरुङ्ग नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा प्रवेश गर्ने भएका छन्। एक टेलिभिजनमा कुराकानी गर्दै मनाङ्गेले आफू छिट्टै नेकपा प्रवेश गर्ने जानकारी दिए। उनले विशेष अदालतमा आफ्नो मुद्दाले सफाई पाइसकेको र सर्वोच्च अदालतमा पुनरावेदनमार्फत सफाइ पाउने दाबी गर्दै सपथको सबै प्रक्रिया पुरा गरेको बताए। ‘मेरो तर्फबाट सबै गरिसके। अब सभामुख र प्रदेशसभाको हातमा छ। सपथ गराउँछन भन्ने विश्वास छ।’सांसदको सपथपछि उनी नेकपामा प्रवेश गर्ने तयारी छ। उनलाई पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले नै पार्टीमा स्वागत गर्ने बताइएको छ। मनाङ्गे मनाङबाट प्रदेशसभामा स्वतन्त्र उम्मेदवारका रुपमा निर्वाचित भएका हुन। उनलाई तत्कालिन एमालेको समर्थन रहेको बताइन्छ। मनाङ्गे ओलीनिकट मानिन्छन्।