प्रतिपक्षी दल नेपाली कांग्रेसले नाराबाजी गर्दै रोष्ट्रम घेराउ गरेपछि सभामुख कृष्णबहादुर महराले संसद बैठक स्थगित गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसदलाई सम्बोधन गरिसकेपछि प्रतिपक्षी सांसदले प्रश्न सोध्न पाउनुपर्ने र सोको जवाफ प्रधानमन्त्रीले दिनुपर्ने माग गरेपछि सभामुख महराले सो समय नै नदिई बैठक अन्य विषयमा सुचारु गरेपछि कांग्रेस सांसदहरूले रोष्ट्रम घेराउ गर्दै नाराबाजी गरेपछि सभामुख महराले संसद बैठक १५ मिनेटका लागि बैठक स्थगित गरेका हुन्