/स्काई मेनपावरका मालिक बलबहादुर तामाङ विरुद्ध १९ करोडको करछली मुद्दा दर्ता

स्काई मेनपावरका मालिक बलबहादुर तामाङ विरुद्ध १९ करोडको करछली मुद्दा दर्ता

आन्तरिक राजस्व अनुसन्धान विभागले करछलीको आरोपमा स्काई ओभरसिजका मालिक बलबहादुर तामाङविरुद्ध १९ करोड ५८ लाख रुपैयाँ कर छली गरेको आरोपमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ।तामाङविरुद्ध बिगो र जरिवानासहित सो रकम बराबरको करछली गरेको आरोप छ। तामाङले साउदी, कतार, मलेसिया र बहाइनमा कामदार पठाउँदै आएका छन्। 

उनी वैदेशिक रोजगार व्यवसायी संघका पूर्वअध्यक्ष पनि हुन्।