चाेरलाइ चाैताराे साधुलाइ शुली भन्ने नेपाली उखान सरकारले चरितार्थ गराएको छ। रेशम चाैधरीलाइ जेलबाट अचानक झिकाएर संसदकाे सपथ खुवाएपछि दुइ तिहाइ वहुमत प्राप्त वाम सरकारकाे विरूद्धमा खुव चर्काे आवाज उठन थालेकेा छ।प्रहरीको बरिष्ठ अधिकारी र सर्वसाधरणकाे समेत ज्यान लिने गरि भएकाे हत्याकाण्डकाे नाइके भनेर चिनिएका रेशम चाैधरीलाइ अचानक सपथ खुवाएपछि प्रधानमन्त्री र संसदकाे सभामुख विवादमा परेका छन । रेशमलाइ यसरी सपथ खुवाइरहदा कञ्चनपुरकी बालिका निर्मला पन्तकाे हत्या भएकाे ५ महिना सम्म पनि उनकाे हत्यारा पत्ता लगाउन नसक्नुले माथिको उखान लाई प्रमाणित गरेको छ।

ठुलाे प्रपञ्च,जालझेल र विवादपछि चाैधरीलाइ सपथ खुवाइएकाे छ जसकाे चाैतर्फी विराेध भएकाे छ।चाैधरीलाइ सपथ खुवाएपछि अहिले नेपाली कांग्रेस यसकाे विराेधमा उत्रिएकाे छ भने राप्रपा,नया शक्तिले पनि यसकाे विराेध गरेका छन।उनीहरूले हत्या अभियाेग लागेका मानिसकाे बारेमा अदालतमा मुद्धा विचाराधिन रहदा रहदै किन सपथ खुवाइयाे भनेर प्रश्न पनि गरिएकाे छ।

तर,कुनै सांसदलाइ यदि फाैजदारी अभियाेग लाग्याे भने उसकाे सांसद पद स्वत निलम्वन हुनछ तर जेलमा बसेका मानिसलाइ सपथ खुवाएर  पुन जेलमा हालेपछि उसकाे सांसद पद कायम रहन्छ कि रहन्न ? याे प्रश्न भने गम्भीर रूपमा उठेकाे छ।