काठमाडौं । आज बिहीबार  बजारमा सुनको भाउ रु एक सयले घटेको छ ।

मंगलबार तोलमा रु ५९ हजार ७०० मा कारोबार भएको सुनको भाउ बुधबार र आज रु एक सय घटेर प्रतितोला ५९ हजार ६०० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै बुधबार तेजावी सुन तोलमा रु ५९ हजार ३०० मा कारोबार भइरहेको छ ।