/अनशन वस्न इलाम पुगेका डा.गाेविन्द केसी किन एक साता राेकिए ?

अनशन वस्न इलाम पुगेका डा.गाेविन्द केसी किन एक साता राेकिए ?

मंगलवार इलाम पुगेका डा गाेविन्द केसी एक साता सम्म अनशन नवस्ने भएका छन।उनी काेही पनि साथी नलिइ मंगलवार इलाम पुगेका थिए।तर वुधवार अनशन वस्ने भनेर अल्टिमेटम दिएकाे दिन साझ पत्रकार सम्मेलन गरेर उनले एक साता अनशन नवस्ने भनेर जानकारी गराएका छन।उनले पत्रकार सम्मेलनमा सरकारले काम गर्दै गरेकेाले समय दिएकाे खुलाएका छन।डा.गाेविन्द केसीले माग राखेपछि उनकाे माग पुरा गर्नकाे लागि नै वुधवार संसदकाे शिक्षा समितिमा विशेष बहश भएकाे थियाे तर त्यहा सहमति जुटेन।यहि कारण डा केसी अनशन वस्न खाेजेका थिए तर अन्त्यमा समिति सभापति जयपुरी घर्तीले सहमतिकाे लागि अधिकतम काेशिश भइरहेकाेले अलिदिन समय दिन माग गरेपछि उनले एक साता सम्म अनशन नवस्ने जनाएका हुन।

इलाममा अनशन वस्न् डा केसी एक्लै गएका थिए।उनदाइ सवै अान्दाेलनमा सहयाेग गरेका डा अभिषेक सर्लाहीमा थिए भने अर्काे डा जिवन क्षेत्री चितवनमा थिए।