काठमाडौं – माछापुच्छ्रे बैंक लिमिटेडले कोटेश्वर शाखा कार्यालय सञ्चालनमा ल्याएको छ ।

बैंकले बुधवार काठमाडौं महानगरपालिकास्थित कोटेश्वर शाखा कार्यालयको औपचारिक शुरूवात गरेको छ ।

शाखाको उद्घाटन बैंकका सञ्चालक राममान श्रेष्ठले गरे । नयाँ शाखामार्फत् बैंकले आफ्ना ग्राहकलाई कर्जा, निक्षेप लगायतका सम्पूर्ण बैंकिङ सुविधा उपलब्ध गराएको छ । बैंकले शाखामा २४ घण्टै चल्ने एटीएमको पनि व्यवस्था गरिएको छ । यससँगै काठमाडौं उपत्यकाभित्र बैंकको शाखा संख्या १८ पुगेको छ । 

बैंकले पूर्वमा झापादेखि पश्चिममा कञ्चनपुर साथै हिमालदेखि पहाड र तराई गरी सातै प्रदेशमा आफ्ना ८८ वटा शाखा र ५१ शाखारहित बैंकिङ सेवा समेत गरी १ सय ३९ स्थानबाट ग्राहक महानुभावमा सम्पूर्ण बैंकिङ सुविधा प्रदान गरिरहेको छ । बैंकको देशभर १ सय ८ वटा एटीएम सञ्चालनमा रहेको छ ।