/सुन्दरीको उपाधी विजुलीकलीले जितिन्

सुन्दरीको उपाधी विजुलीकलीले जितिन्

चितवनको सौराहामा जारी हात्ती महोत्सव अन्र्तगत आयोजित हात्ती सुन्दरी प्रतियोगिताको उपाधी विजुलीकलीले जितेकी छिन् । सुन्दरीको होडमा चम्पाकली, एलिसाकली र सेल्फीकली गरि ३ हात्ती सहभागी थिए ।

प्रतिस्पर्धा सहभागी अन्य ३ वटा हात्तीलाई पछि पार्दै १८ वर्षिया विजुलीकलीले उपाधी जितेकी थिइन् ।

हात्तीको सरसफाई, श्रृगार, हिडाई, घाउ भए नभएको, हात्ती र माउतेको व्यवाहार आदिमा मुल्यांकन गरी प्रतिस्पर्धा गराईएकोमा मुल्यांकनबाट विजुलीकली उत्कृष्ठ घोषित भएको नजिता प्रकाशन समितिका संयोजक दामोदर रेग्मीले जानकारी दिए ।