नेपाल कम्युनिष्ट पार्टीको स्थायी कमिटीको बैठक पछि पार्टी भित्र भाँडभैलो आउने संकेत देखिएको छ । विवादास्पद एसिया प्यासिफिक समिटलाई लिएर सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० को स्थायी कमिटी बैठकमा फेरि चर्को बहस सुरु भए पनि विवाद आउने अवस्था भएको हो ।

बहुसंख्यक नेताहरुले नेतृत्वले आत्मालोचना गर्नुपर्ने माग राखेपछि वक्तव्य जारी गर्ने सहमति भएको छ । तर, त्यसमा आत्मालोचना भने नहुने एक नेताले बताए ।

विवादास्पद एसिया प्यासिफिक समिटलाई लिएर सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० का नेता भीम रावलले भने सरकारको चर्को विरोध गरीरहेका छन् ।

तर, बिहीबार जवाफ दिने क्रममा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले यसबारे बोलेनन् । शुक्रबार पनि जवाफ नदिएपछि नेता भीम रावलले नेतृत्वले आत्मालोचना गर्नुपर्ने अडान राखे । बैठकको माहौल हल्लाखल्ला भयो ।

बैठकमा अध्यक्ष प्रचण्डले ‘कम्युनिष्ट पार्टीले सबै धर्मको सम्मान गर्छ, कुनै जाति र धर्म विशेषको होइन’ भन्दै पार्टीले वक्तव्य दिन्छ भन्दै रावललाई थुमथुम्याउने प्रयास गरे ।