/उपाधि जित्ने दाउमा मनाङ

उपाधि जित्ने दाउमा मनाङ

३ अंक जोड्न सके मनाङले दुई खेल अगावै प्रतियोगिताको सबै रोमाञ्चकता आफ्नो सफलतामा कैद गर्नेछ ।मनाङले लिग चरणको एघारौ खेलमा आज संकटा क्लबसंग प्रतिस्पर्धा गर्दैछ । एन्फा कम्प्लेक्समा दिउँसो साढे २ बजे हुने खेलमा मनाङले संकटालाई हराउन सके कीर्तिमानी आठौ पटक उपाधिमा कब्जा गर्नेछ ।

रेलिगेशन बिनाको लिग भएकाले क्लबहरुलाई घटुवाको चिन्ता छैन । सबैको नजर लिगको उपाधिमा छ । ठुलो क्लबहरु शीर्ष ३ भित्र रहँदै प्रतियोगिताको अन्त्य गर्न चाहन्छन् ।

लिगको रोमाञ्चकतालाई अन्तिम सम्म बचाई राख्ने जिम्मेवारी संकटाको काँधमा छ । आजको खेलमा संकटाको हात माथि परे लिगको रोमाञ्चकता अन्तिम खेलसम्म जान सक्छ । त्यसले संकटाको लिग जित्ने गणितिय सम्भावना समेत बाँकी रहनेछ ।