/भूकम्प भुलेको काठमाडौँलाई विहानै यसरी हल्लायो

भूकम्प भुलेको काठमाडौँलाई विहानै यसरी हल्लायो

आइतबार विहानै सिन्धुपाल्चोकलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आइतबार बिहान पाँच बजेर ६ मिनेट जाँदा ४ दशमलव ७ म्याग्निच्युटको भूकम्प गएको हो ।

भूकम्पको धक्का काठमाडौं उपत्यकामा समेत महसुस भएको थियो ।

२०७२ वैशाख १२ को भूकम्पपछि त्यसका पराकम्पहरु पछिसम्म पनि आइरहेका थिए । तर, आइतबार बिहान पराकम्प नभइ भूकम्प नै गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

२०७२ सालको भूकम्पले सबैभन्दा बढी क्षति सिन्धुपाल्चोक जिल्लामा भएको थियो ।