काठमाडौं । श्रीलंकाली सर्वोच्च अदालतले राष्ट्रपति सिरिसेनाको संसद भंग गर्ने निर्णय अवैधानिक भएको फैसला गरेपछि श्रीलंकामा नयाँ राजनीति घटनाक्रम बिकास भएको छ। अदालतको फैसला संगै श्रीलंकाली प्रधानमन्त्रीमा रानिल विक्रमेसिंघे पुनर्स्थापित गरिएका छन् ।

राष्ट्रपति मैथ्रिपालाले विक्रमेसिंघेको पुनर्स्थापनाको स्वागत गर्दै यसलाई वैधानिकता दियका छन् । उनले चालेका कदमहरु एकपछि अर्को गरी कमजोर र आधारहीन बन्दै गएपछि अन्ततः यो स्थितिको पुनस्र्थापना भएको हो ।

मैथ्रिपालाले गत अक्टोबरमा प्रधानमन्त्री रानिल विक्रमसिंघेलाई बर्खास्त गरी निर्वाचनका बखत उनका प्रतिद्वन्द्वी महिन्दा राजापाक्षेलाई प्रधानमन्त्रीका रुपमा नियुक्त गरेका थिए । त्यस लगत्तै मैथ्रिपालाला सिरिसेनाले संसद बिघन गरेका थिए । मैथ्रिपालाको प्रधानमन्त्री वर्खातको कदमको निकै विरोध भएको थियो । यसमाथि संसद नै बिघटन गरेपछि त उनको विरोध सडकमा नै पोखिएको थियो । यसअगि सर्वोच्च अदालतले संसद पुनस्र्थापनाको मुद्दालाई व्युँझाइदिए पछि राष्ट्रपतिका सबै कदमहरु अमान्य हुन पुगेका छन् ।