Latest News
/ईपीएल लिग टी–२० क्रिकेटमा आज इलिमिनेटर खेल हुँदै, चितवन र भैरहवा आम्ने साम्ने

ईपीएल लिग टी–२० क्रिकेटमा आज इलिमिनेटर खेल हुँदै, चितवन र भैरहवा आम्ने साम्ने

प्रतिस्पर्धाका लागि मैदान उत्रदा भैरहवा र पहिलोपटक प्ले अफमा पुगेको चितवनको लक्ष्य फाइनल प्रवेशको लागि हुने क्वालिफायरमा पुग्नु हुनेछ । इलिमिनेटर विजेताले दोस्रो क्वालिफायरमा स्थान बनाउने छन् । र, दोस्रो क्वालिफायरमा काठमाडौं किङस इलाभेनसंग खेल्नेछ । पराजित हुने टोली प्रतियोगिताबाट बाहिरिनेछ ।

मंगलबार भएको पहिलो क्वालिफायरमा काठमाडौं ललितपुर प्याट्रियट्ससंग १ विकेटले पराजित हुँदै दोस्रो क्वालिफायरमा झरेको थियो । ललितपुर भने फाइनलमा पुगिसकेको छ । दोस्रो क्वालिफायरमा विजेता हुने टोलीले फाइनलमा ललितपुरसंग खेल्नेछ । जारी लिगको प्रदर्शन हेर्दा चितवनभन्दा भैरहवा बलियो देखिएको छ । भैरहवा लिग चरणमा तेस्रो स्थानमा रहदै लिमिनेटरमा पुगेको हो । लिग चरणमा भैरहवाले ५ खेलमा ३ जितसहित ६ अंक जोडेको थियो ।

यता, सुरुवाती ३ खेल गुमाएपनि अन्तिम दुई खेल जितेर चितवनले प्ले अफमा स्थान बनाएको हो । लिगमा ४ अंक जोडेको चितवन नेट रन रेटको आधारमा चौथो स्थानमा रहदै प्ले अफ पुगेको हो । साविकको विजेता विराटनगर वारिवर्ससंग बराबरी अंक भएपनि चितवन रन रेटमा अघि भएको थियो । विराटनगर भने बाहिरिएको थियो ।यस्तै भैरहवाविरुद्ध मैदान उत्रदा चितवन लिग चरणमा व्यहोरेको हारको बदला लिने दाउमा समेत हुनेछन् ।

Leave a reply

Your email address will not be published. Required fields are marked *

Share
Share