हाम्रो छिमेकी मुलुक भारतमा पाँच राज्यमा भएको विधानसभा निर्वाचनको मतगणना जारी छ । मतगणनाको प्राप्त पछिल्लो विवरणअनुसार प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टी र राहुल गान्धी नेतृत्वको कंग्र्रेस आईबीच कडा टक्कर भइरहेको छ ।

यसअघि मध्यप्रदेश र राजस्थानमा भारतीय जनता पार्टीको सरकार थियो । उक्त दुवै राज्यमा कंग्रेसले कडा टक्कर दिइरहेको छ । मध्यप्रदेशमा २३० सदस्यीय विधानसभामा कंग्रेस ११० र भाजपाले १०८ स्थानमा अगाडि छन् । यहाँ मतगणना जारी छ ।

अर्को महत्वपूर्ण राज्य राजस्थानमा कंग्रेसले ५२ र सत्तारुढ दल भाजपाले ३९ स्थानमा अग्रता बनाएका छन् । यहाँको विधानसभा २०० सदस्यीय छ ।

चुनावी अन्तिम परिणाम नआउदै दुवै पार्टीका नेता, कार्यकर्ता र समर्थकहरू सडकमा उत्रिएर नाराबाजी गरिरहेका छन् ।