/टीभी र मोबाइलमा झुण्डिने बच्चाको स्वास्थ्य नराम्रो – नेसनल इन्स्टिच्युट अफ हेल्थ

टीभी र मोबाइलमा झुण्डिने बच्चाको स्वास्थ्य नराम्रो – नेसनल इन्स्टिच्युट अफ हेल्थ

बालबालिकाले अत्यधिक टीभी हेर्दा वा मोबाइल चलाउँदा मस्तिष्कमा नराम्रो असर पर्ने देखिएको छ । 

अमेरिकाको नेसनल इन्स्टिच्युट अफ हेल्थले लगानी गरेको एक अध्ययनले यस्तो तथ्य देखाएको हो । 

यो अध्ययनमा वैज्ञानिकहरूले नौदेखि १० वर्षका लगभग ११ हजार बालबालिकामाथि अध्ययन गरेका हुन् । बाल्यकालमा मोबाइल चलाउँदा भावनात्मक र मानसिक स्वास्थ्यमा कस्तो असर पर्छ भनी अध्ययनले खोज्ने प्रयास गरेको छ ।
प्रारम्भिक तथ्यांकअनुसार, टीभी र मोबाइल स्क्रीनले युवा पुस्तामा परिवर्तन ल्याइरहेको छ र यो परिवर्तन लाभदायक छैन । 

चार हजार ५०० बालबालिकाको मस्तिष्क स्क्यान गर्दा देखियो, सात घन्टाभन्दा बढी टीभी, मोबाइल जस्ता डिभाइस हेरिरहँदा बालबालिकाको ब्रेन कर्टिक्स पातलिन थाल्छ । मस्तिष्कको यो बाहिरी पत्रले भौतिक संसारको जानकारी
व्यवस्थापन गर्न सहायता गर्छ । 

एनआईएचकी अध्ययन निर्देशक गया डाउलिङले यो अध्ययनका आधारमा बताइन्, ‘मस्तिष्कमा यस्तो परिवर्तन स्क्रीनकै कारण भएको हो कि हैन भन्ने पुष्टि भइसकेको छैन । यसको असरको मापन पनि गरिसकिएको छैन ।’

प्रौढ मस्तिष्क ज्ञान विकास नामक एक प्रारम्भिक अध्ययनका अनुसार, दिनदिनै स्क्रीनमा दुई घन्टा बिताउने बालबालिकाले विचार र भाषासम्बन्धी परीक्षणमा अन्य बालबालिकाको तुलनामा कम अंक ल्याए । 

यो अध्ययनको प्रमुख तथ्यांक सन् २०१९ को फेब्रुअरीसम्ममा प्रकाशित गरिने भएको छ । 

एजेन्सी