/आज विश्‍व मानअधिकार दिवस , यसरी मनाइँदै नेपालमा

आज विश्‍व मानअधिकार दिवस , यसरी मनाइँदै नेपालमा

काठमाडौं । आज विश्व मानवअधिकार दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम गरी आज मनाईंदै छ । हरेक वर्ष डिसेम्बर १० का दिनको दिन यो दिवस विश्‍वभर मनाइन्छ ।

संयुक्त राष्ट्र संघको महासभाले मानवअधिकारसम्बन्धी विश्वव्यापी घोषणापत्र पारित गरेको दिनको सम्झनामा यो दिवस मनाउने गरिन्छ । संयुक्त राष्ट्र संघको महासभाले सन् १९४८ को डिसेम्बर १० मा मानवअधिकारसम्बन्धी विश्वव्यापी घोषणापत्र जारी गरेको थियो ।

नेपालमा पनि राष्ट्रिय मानव अधिकार आयोगसहित विभिन्‍न मानव अधिकारको पक्षमा काम गर्ने संघ-संस्थाको अगुवाइमा कार्यक्रम गरि मनाइन्छ । यो वर्ष पनि आयोगको अगुवाइमा काठमाडौंमा र्‍यालीसहितका कार्यक्रमको आयोजना गरिएको छ ।

यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले एक सन्देश दिँदै कानुनको सर्वोच्चताविरुद्ध कुनै पनि प्रकारका गतिविधिप्रति सैह्य नहुने बताएका छन् । मानवअधिकार उल्लंघन हुन नदिन र मानवअधिकार उल्लघंनका दोषीलाई कानुनको दायरामा ल्याउने प्रतिवद्धता पनि उनले व्यक्त गरेका छन् ।