/के यहि तरिकाले हुन्छ बालबालिकाकाे विकास ?

के यहि तरिकाले हुन्छ बालबालिकाकाे विकास ?

शिक्षामा निजिकरणकाे असर बालबालिकाकाे मनाेविज्ञानमा गम्भीर असर परेकाे छ । शिक्षाकाे नाममा खाेलिएका निजी स्कुलमा विद्यार्थीले भाेग्नुपरेकाे समस्याबारे मनप्रसाद वाग्लेकाे याे टिप्पणी सान्दर्भिक लागेर साभार गरिएको छ ।

१. बिहान ७ बजे नै कतिपय कलिला बालबालिका स्कूल बसको स्टपमा पुगिसक्छन्, कति समय सुत्दा हुन्, कति बजे उठ्दा हुन्, के खान भ्याउँदा हुन् ?
२. एउटा टिफिन बोकेर बसमा छिराईदिएपछि अभिभावकको काम सकियो/ हाई सन्चो/ टाढाको स्कूलमा राखेर बस चढाउन पाए इज्जत ठान्छन अभिभावक /
३. शहरी क्षेत्रको बाटो उस्तै, कम्तिमा पनि सवै विद्यार्थी बोकेर स्कूल ९ बजे पुर्याउन चालकलाई धौ धौ पर्छ / झन्डै २ घण्टा बसमा बसेपछि बालबालिकाको हालत के हुन्छ?
४. विद्यालयमा कडा अनुशासनको नाममा बाल अधिकार माथिको दमन त्यत्तिकै छ/ खुलेर बोल्न नपाइने, अझ कतिपय स्कूलमा त अंग्रेजी बाहेक बोल्न नपाइने नियम/
५. दिनभर कक्षामा कोचिएका कलिला विद्यार्थीको हविगत बेहाल छ/ दण्डको त्रास देखाएर, तर्साएर र दवावमा राखेर नै दिन बितेको हुन्छ स्कूलमा /
६. खाजा खाने समयमा केही राहत महशुस गर्छन बच्चाहरु तर लगत्तै फेरि कक्षाकोठामै फर्कनुपर्ने बाध्यता छ/
७. विद्यालय समय सकियो/ घन्टी बज्यो/ बच्चाहरु दङ्ग पर्दै बाहिर निस्कन्छन्/ बिहान २ घण्टा लागेको यात्रा फर्कने बेला ३ घण्टा हुन्छ जामको कारण/ थकित र गलित हुँदै बसवाट ओर्लेका बालबालिका आफुले धान्न नसक्ने झोलाको भारी त्यहाँ लिन आउने मान्छेलाई थमाएर लामो सास फेर्छन /
८. लुगा फेर्दा र खाजा खाँदा साँझ छिप्पिसकेको हुन्छ/ तर उनीहरु आफ्ना बाबुआमा वा घरका अन्य सदस्य सँग रमाउने फुर्सद पाउँदैनन् / प्रत्येक कक्षाका शिक्षकले दिएको गृहकार्य भोलिको कक्षामा बुझाउनु छ/
९. रातीको ९ बजिसक्यो, गृहकार्य सकिएको छैन/ अझ बिदाको दिन त आउनै हुन्न / होमवर्क, होमवर्क, होमवर्क…अरु केही छैन / अनुसन्धानले भन्छ साना कक्षामा दिइने गृहकार्य बालबालिकाको प्रगतिमा घातक हुन्छ/
१०. सिकाईको नाममा बालबालिकाले यस्ता आतंक कति खपिरहने? के उनीहरुको सम्बेगात्मक, शारीरिक, सामाजिक, र अन्य मानसिक विकासको लागि समय दिनु पर्दैन? के यही तरिकाले हुन्छ बाल-विकास ? – कान्तिपुरबाट