/जिब्रोले निधार छोएर दुनियालाई चकित पार्ने यज्ञबहादुर कसरि छाए विदेशी मिडियामा ?

जिब्रोले निधार छोएर दुनियालाई चकित पार्ने यज्ञबहादुर कसरि छाए विदेशी मिडियामा ?

काठमाडौं । मोरङको उर्लाबारीका ३५ वर्षे यज्ञबहादुर कटुवाल स्कुल बसका चालक हुन् । तर उनको अनौठो क्षमता देखेर धेरै दंग पर्छन् ।

केही महिनायता युट्यूवमा उनको भिडियो धेरै हेरिने भिडियो बनेको छ । त्यसो त कटुवालको बारेमा ‘डेली मेल डटकम’ले लामो समाचार समेत बनाएको छ । जिब्रोले निधार र आँखि भौँ छुने, चिउँडोले नाक छोप्ने क्षमताबाटै चिनिएका हुन् उनी । तर यस्तो क्षमताको अभ्यास गर्दा उनलाई देख्ने स्कुले बालबालिका डरले भाग्छन् ।

कटवाल आफ्नो कला देख्दा बालबालिकाहरु डरले भाग्ने गरेको बताउछन् तन्नेरीलाई समेत आफ्नो क्षमताबाट तर्साउन सक्ने बताउँछन् कटवाल । एउटा मात्रै दाँत भएका यज्ञबहादुरले आफ्नो अनौठो क्षमताकै आधारमा ‘गिनिज बुक’मा रेकर्ड गराउन चाहेका छन् ।

केही टेलि सिरिययलमा अभिनय गरिसकेका यज्ञबहादुर फिल्ममा अभिनय गर्ने अवसर पाए ‘मेक अप’विना नै दर्शकलाई हँसाउन र तर्साउन सक्ने दावी गर्छन् ।