/एक महिलाका कारण तनावमा पूर्वरक्षामन्त्री भीमसेनदास प्रधान

एक महिलाका कारण तनावमा पूर्वरक्षामन्त्री भीमसेनदास प्रधान

Share on Social Media
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वरक्षामन्त्री भीमसेनदास प्रधान एक महिलाका कारण तनावमा परेका छन् । प्रधान रक्षामन्त्री बनाएका बेला संगिता अधिकारी नामकी महिलाले मन्त्रीसँगै क्यानडा पठाइदिने भन्दै केही युवाबाट करोडौ रकम असुलेकी थिइन । मानवतस्कारको आरोपमा अधिकारी पक्राउ पनि परिसकेकी छिन् । तर प्रहरीको अनुसन्धान भने पूर्वमन्त्री प्रधानसम्म पुगेको छ ।

दृष्टी साप्ताहिक लेख्छ, प्रधान रक्षामन्त्री भएका बेला उनको सहयोगि बनाएर क्यानडा पठाउने भन्दै संगिताले १ करोड बढि रकम असुल गरेकी थिइन । मन्त्रीको सहयोगी बनाएर क्यानडा पठाउने भन्दै मन्त्रालयले पनि सवै कागजपत्र तयार पारेको भेटिएको छ । भिसा समेत जारी भइसकेको भनेर पैसा उठाइएको थियो । भीसा पनि नक्कली लगाइएको थियो । कागज बनाउनेदेखि नक्कली भिसासम्म मन्त्रीको सचिवालयबाट भएको प्रहरीे अनुसन्धानबाट देखिएको छ । पक्राउ परेकी संगीता फुटवलर निराजन रायमाझीकी पत्नी हुन् । तत्कालीन मन्त्री प्रधानसँग उनको राम्रै चिनजान थियो । उनले चिनजानको फाइदा उठाउँदै मानवतस्करीको प्रयास गरेको प्रहरीले जनाएको छ ।

Share on Social Media