/मन्त्रिपरिषद् बैठकले गर्याे अर्काे लाेकप्रिय निर्णय

मन्त्रिपरिषद् बैठकले गर्याे अर्काे लाेकप्रिय निर्णय

Share on Social Media

१८ मंसिर – सरकारले लोकसेवा आयोगको सुझावसहित कर्मचारी समायोजन अध्यादेश स्वीकृत गर्ने निर्णय गरेको छ ।सोमबार बसेको मन्त्रिपरिषदले निजामती कर्मचारी समायोजन अध्यादेश २०७५ लार्इ स्वीकृत गर्दै राष्ट्रपति समक्ष पेश गर्ने निर्णय गरेको हो ।

सोमवार बसेको मन्त्रिपरिषदले निजामति कर्मचारी समायोजन अध्यादेश ०७५ स्वीकृत गर्दै राष्ट्रपतिकहाँ पठाउने निर्णय गरेको हो । राष्ट्रपतिले प्रमाणीकरण गरेपछि अध्यादेश कार्यान्वयनमा आउनेछ । त्यो सँगै निजामती सेवाका ८९ हजार ३९ र स्थानीय तहमा रहेका २० हजार गरी कूल १ लाख ९ हजार कर्मचारीको समायोजन प्रक्रिया शुरू हुनेछ ।

यसअघि अध्यादेश मस्यौदामा रहेको श्रेणीगत र तहगत समायोजनमध्ये कुनै एउटाका आधारमा समायोजन गरिनुपर्ने विषय अध्यादेशमा परेको छ । लोकसेवाले एकरुपता अपनाउन भनेपछि अध्यादेशमा त्यसैअनुसार व्यवस्था गरिएको छ ।

Share on Social Media