दिक्तेल । बाँदरले दिने हैरानी हाम्रा लागि नौलो होइन । हामीकहाँ बाँदरले प्रायः सर्वसाधारण मानिसलाई दु:ख दिइरहेको छ । नेपालका किसानहरू बाँदर आतंकबाट बाली जोगाउन दिनभर खेत कुरेर बस्छन्।
पर्वतको महाशिला गाउँपालिकाले बाँदरले आतंक मच्चाएपछि नियन्त्रण गर्नका लागि ३० लाख रुपैयाँ वार्षिक बजेट विनियोजन गर्यो । लागभक एक महिना अगाडी गाउँपालिकाले भारतबाट विज्ञ बोलाएर २०० बाँदरलाई झ्यालखानामा थुन्याे । बाँदर नियन्त्रणका लागि भारतीय नागरिक, स्थानीय र प्रहरी गरी २० जनाको टोली परिचालन गरिएको छ ।
त्यस्तै खोटाङमा पनि बाँदरले धेरै दु: ख दिन थालेपछि आइतबार खोटाङको सदरमुकाम दिक्तेलस्थित हेलिप्याडमा बाँदर धपाउनका लागि भेला भएका छन् । जिल्लाका किसानले खेतबारीमा लगाएको अन्नबाली सखाप बनाई घरघरमै आएर उठिबास लगाउन थापेपछि बाँदर नियन्त्रण गर्न भेला भएका हुन् । तर रोचक कुरा के हो भने ‘कसरी बाँदर नियन्त्रण गर्न ?’ भन्ने छलफल गर्न भएको भेलामा बाँदर नै उपस्थित भएको छ ।
बाँदरले जिल्लाभरि नै दु:ख दिइरहेकाले सबै तहले कुनै न कुनै उपाय खोजिरहेका छन् । कुनै गाउँपालिका/नगरपालिकाले बाँदर धपाउनका लागि बाँदर घाँस रोप्ने भएका छन् त कुनैले बजेट नै विनियोजन गरेर बाँदर धपाउन लागि परेका छन् ।