/गोरु तस्करी गरेर बंगलादेश लैजाने तस्कर सक्रिय

गोरु तस्करी गरेर बंगलादेश लैजाने तस्कर सक्रिय

Share on Social Media

पछिल्लो समय दाङबाट गोरु तस्करी गरेर बाहिर लैजाने क्रम ह्वात्तै बढेको छ ।

यसअघि सेटिङमा भारतबाट गोरु नेपाल भित्र्याएर तेस्रो मुलुक बंगलादेश लैजाने गरेकोमा अहिले दाङबाट पूर्वी नेपालको बाटो हुँदै बंगलादेश लैजान थालिएको हो ।

यसैबीच गोरु तस्करीको विषयमा दाङमा झडप भएको छ । राजपुर गाउँपालिका–४ वसन्तापुरमा गोरु ओसारपोसारमा संलग्न व्यक्ति र स्थानीयबीच विवाद भएको हो ।

झडपमा स्थानीयले सबैलाई लखेटेको र तस्करका सहयोगीको मोटरसाइकल जलाइदिएको स्थानीयले बताएका छन् । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

Share on Social Media