/राजधानीबाट बाहिरिने सवारी साधनमा निर्मलाका तस्विर टाँसिए

राजधानीबाट बाहिरिने सवारी साधनमा निर्मलाका तस्विर टाँसिए

Share on Social Media
काठमाडौं । राजधानी काठमाडौंबाट बाहिर जाने सवै सार्वजनिक यातायातका साधनमा बलात्कारपछि हत्या गरिएका निर्मला पन्तका तस्विर अंकित पोष्टरहरु टाँसिएका छन् । ‘सरकार भेटियो, न्याय भेटिएन’ लेखिएका पोष्टरहरु काठमाडौंका नयाँ बसपार्कबाट सवै सवारी साधनमा टाँसिएको छ । सवैभन्दा बढि महाकाली यातायात ब्यवसाय समितिका बसमा निर्मला पन्तका तस्विरहरु टाँसिएका छन् ।

राजधानी काठमाडौमा भित्रिने र बाहिरिने सवै सवारी साधनमा निर्मलामा तस्विरहरु एक समुहले टाँस्न थालेको छ । निर्मलालाई न्यायको माग गर्दै ति पोष्टरहरु टाँसिएका हुन् । राजधानीका सडक पोलमा टाँसिएका पोष्टरहरु प्रहरीले च्यातेपछि बसमा टाँसेको युवाहरुले बताएका छन् ।

पोष्टर टाँस्नुअघि अभियन्ताहरुले गाडी मालिक र चालकसँग अनुमति मागेका थिए । अधिकाँस सवारी चालकले टाँस्न अनुमति दिएको उनीहरुले बताएका छन् । कतिपय चालक आफैले ‘चेलीले न्याय पाउनु पर्छ’ भन्दै आफै पनि टाँसेका थिए ।

Share on Social Media