/६० दिनभित्र मेलम्चीको पानी काठमाडौंका धारामा झर्ने !

६० दिनभित्र मेलम्चीको पानी काठमाडौंका धारामा झर्ने !

Share on Social Media

१६ मंसिर – खानेपानी मन्त्रालयका सचिव गजेन्द्र ठाकुरले ६० दिनमा मेलम्चीको पानी काठमाडौंमा आइपुग्ने दावी गरेका छन् ।आइतबार संसदको विकास तथा प्रविधि समितिको बैठकमा सचिव ठाकुरले ६० दिनमा मेलम्चीको पानी काठमाडौं आउने ठोकुवा गरेका हुन् । ‘म ठोकुवा गरेर भन्छु ६० दिनमा मेलम्चीको सबै काम सकिन्छ । ढुक्क हुनुस् २ महिनामा मेलम्चीको पानी आउँछ’ उनले भने ।

विगतमा कर्मचारीले काममा ढिलाइ गरेका कारण मेलम्ची समयमा आउन नसकेको उनले दावी गरे । यसअघि मन्त्री विना मगरले दशैंअघि नै पानी आउँछ भनेकोमा पनि सचिव ठाकुरले माफी मागेका छन् । ‘मन्त्रीले भनेको विषयमा माफी माग्छु’, उनले भने, ‘हामीलाई विश्वास गर्नुस् २ महिनामा प्राविधिक काम सकेर पानी हाल्छौं ।’

Share on Social Media